सहर-सहरमा सिनेमा बुझाउँदै अस्कर कलेज



झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले ुसिनेमा साक्षरताु अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो ।

चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभागिता जनाएका थिए । अभियानका क्रममा अभिनय अभ्यासबारेमा सहभागी जानकारी दिइएको थियो । यस्तै, डिजिटल युगमा सिनेमा साक्षरताका बारेमा सहभागीलाई जानकारी दिइएको थियो । यस्तै, चलचित्र निर्माणका चरण र नेपाली सिनेमाको इतिहासबारे सहभागीलाई जानकारी गराइएको अस्कर अन्तर्राष्ट्रिय कलेजका प्राध्यापक रामराजा दाहालले जानकारी दिए ।

सिनेमा साक्षरता अभियानमा सहभागीलाई पारसर वाग्ले, नवीन न्यौपाने र सुरज कटवालले सहजीकरण गरेका थिए । वाग्लेले सिनेमा अध्ययनमा स्नातक तथा मनोविज्ञानमा स्नातकोत्तर गरेका छन् । उनकै लेखन तथा निर्देशनमा छोटो फिल्म पनि बनेका छन् । यस्तै, न्यौपाने सिनेमा अध्ययनमा स्नातक गरेका छन् । उनी खासगरी अभिनय सिकाउँछन् । कटवालले पनि सिनेमा अध्ययनमा स्नातक गरेका छन् । उनले स्क्रिन प्ले राइटिङ तथा निर्देशनमा तालिम दिँदै आएका छन् ।

कार्यक्रममा दुइवटा छोटो चलचित्र पनि देखाइएको थियो । अस्कर कलेजकै विद्यार्थी कला संग्रौलाले तयार पारेको ुबुट्टे जामाु र विराज कर्मचार्यको ुथ्रन्स एण्ड रोजु नामक छोटो चलचित्र प्रदर्शन गरिएको थियो । अभियान देशका दश सहरमा २६ चैतसम्म चल्नेछ। अभियानले सहभागीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षा लिएको प्राध्यापक दाहालले जानकारी दिए ।

नयाँ पुस्तालाई सिनेमासम्बन्धि आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको उनले बताए । सिनेमाका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौंबाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान गरेको समेत उनको भनाइ छ। ‘नेपाली सिनेमा उद्योग खस्कँदो अवस्थामा छ ।

यो सिनेमा साक्षरता अभियानले चलचित्रप्रति मोह जगाउँछ भन्ने अपेक्षा लिएका छौँ । नेपाली सिनेमालाई व्यवसायिक बनाउनका लागि हामीले पनि एउटा इँट्टा थप्न सक्छौँ कि भन्ने लागेको छ’ प्राध्यापक दाहालले भने, ‘यो अभियानले चलचित्रबारे बुझेर परिवारसहित नेपाली सिनेमा हेर्न जाने बानीको विकास भयो भने पनि नेपाली चलचित्र उद्योगलाई सहयोग पुग्छ । यो अभियान चलचित्र हेर्ने संस्कार विकास गर्नका लागि पनि हो ।’

नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरिएको र यो सिनेमा साक्षरता अभियान गरिएको कार्यक्रम व्यवस्थापक नवीन न्यौपानेले बताए । अभियानले सिनेमाप्रति हुटहटी जगाउने अपेक्षा लिइएको उनले बताए ।

अस्कर अन्तर्राष्ट्रिय कलेजले बिर्तामोडसँगै विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, पोखरा, नारायणगढ, बुटवल, घोरही र धनगढीमा साक्षरता कार्यक्रम गर्दैछ । अस्कर अन्तर्राष्ट्रिय कलेज सिनेमा सम्बन्धि स्नातक पढाई गर्ने त्रिभुवन विश्वविद्यालयबाट प्राप्त नेपालको पहिलो कलेज हो ।

यसले २० वर्षदेखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ । यस कलेजबाट १३ वटा ब्याचबाट ७५० बढी विद्यार्थी दिक्षित भइसकेको अस्कार अन्तर्राष्ट्रिय कलेजले जनाएको छ ।

प्रकाशित मिति : 12:41 pm

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण