पाथीभरामा आउने तीर्थयात्रीबाट गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा आउने भक्तजनबाट गुनासो नआउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन गरेको छ । पहिले कर्मचारीको सल्लाह र सुझाव लिएको क्षेत्र विकास समितिले तीर्थयात्रीको सहजताका लागि प्रभावकारी रुपमा काम गर्न मातहतका सबै कर्मचारीलाई निर्देशन गरेको हो ।

बुधबार मन्दिर सहित कार्यालयका सबै कर्मचारी सहभागी गराई आयोजना गरिएको बैठकमा पाथीभरा आउने भक्तजनको सहजताका लागि गर्न सकिने कामका विषयमा छलफल भएको थियो । उक्त छलफलका क्रममा पाथीभराको सिजन समेत सुरु भएकाले सबैलाई जिम्मेवार भएर लाग्न सुझाव गरिएको समितिले जनाएको छ । 

तीर्थयात्रीको संख्या बढे सँगै मन्दिर क्षेत्रको सरसफाइ, पुजा व्यवस्थापन, खानेपानीको प्रबन्ध सहितका कार्यमा थप जनशक्तिको व्यवस्थापन सहित केन्द्रित हुनुपर्ने आवश्यकता देखिएकाले कर्मचारीको जिम्मेवारी बाँडफाँड गरी कार्य क्षेत्रमा खटाइएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । यस्तै बैठकले पाथीभरालाई व्यवस्थित गर्नका लागि विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको बताईएको छ । 

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, क्षेत्र विकास समितिका सदस्य शम्भू प्रसाद गौतम, तेजबहादुर खत्री, पृथ्वीमान पालुंवा, चेतराज घिमिरे, मालपोत कार्यालय प्रमुख निर्मल शेर्पा लगायतले आफ्नो विचार सहित सुझाब राखेका थिए । यस्तै बैठकमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभराको वर्तमान अवस्था सहितको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : 1:38 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य