ताप्लेजुङका प्रजिअ पौडेलको सरुवा



ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । करिब ५ महिनाअघि जिम्मेवारी सम्हाल्न ताप्लेजुङ आइपुग्नु भएकी प्रजिअ हिरादेवी पौडेलको सरुवा भएको हो । 

गृह मन्त्रालयको आज बसेको बैठकले ताप्लेजुङकी प्रजिअ पौडेल सहित ११ ओटा जिल्लाका प्रजिअको एक साथ सरुवा गरेको छ । प्रजिअ पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ भने उहाँको नयाँ प्रजिअको रुपमा रविन्द्र आचार्य ताप्लेजुङ आउँदै हुनुहुन्छ । 

सल्यान जिल्लाको सहायक प्रजिअको जिम्मेवारी सम्हाल्नु भएका आचार्य ताप्लेजुङ आउन लाग्नु भएको हो । ताप्लेजुङमा पौडेलले दोश्रो महिला प्रजिअको जिम्मेवारी निर्वाह गर्नू भएको छ । 

यसअघि गोमादेवी चेम्जोङ पहिलो महिला प्रजिअ बनेर ताप्लेजुङ आउनु भएको थियो । 

प्रकाशित मिति : 2:07 pm

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई