लामो समय पानी नपरेको भन्दै खोक्लिङका वासिन्दाले गरे तमोर नदीमा पूजा



ताप्लेजुङ । लामो समय पानी नपर्दा आजित भएका ताप्लेजुङको मिक्वाखोला गाउपालिका खोक्लिङका वासिन्दाले आज बाजागाजा सहित तमोर नदीमा पूजा गरेका छन् । भ्यागुताको विवाह गरे पानी पर्छ भन्ने मान्यता अनुरूप भ्यागुताको विवाह समेत गरेको स्थानीय दिनेश थापाले जानकारी दिएका छन् । 

मिक्वाखोला २ का वडाध्यक्ष झरेन्द्र थापा लगायतका दर्जनौँको सहभागिता रहेको खोला पूजामा नौमती बाजा घन्काइएको थियो भने पानीको आशामा पानी छ्यापा छ्याप पनि गरिएको थियो । बुढापाकादेखि तरुण पुस्ताको सहभागिता रहेको खोला पूजामा मकै छर्न नपाएको र खडेरीले उत्पादनमा रास आएको गुनासो गरेका थिए । 

पानी नपर्दा बन डढेलोका कारण ताप्लेजुङको जनजिवन प्रभावित भएको छ ।

प्रकाशित मिति : 1:43 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण