लामो समय पानी नपरेको भन्दै खोक्लिङका वासिन्दाले गरे तमोर नदीमा पूजा



ताप्लेजुङ । लामो समय पानी नपर्दा आजित भएका ताप्लेजुङको मिक्वाखोला गाउपालिका खोक्लिङका वासिन्दाले आज बाजागाजा सहित तमोर नदीमा पूजा गरेका छन् । भ्यागुताको विवाह गरे पानी पर्छ भन्ने मान्यता अनुरूप भ्यागुताको विवाह समेत गरेको स्थानीय दिनेश थापाले जानकारी दिएका छन् । 

मिक्वाखोला २ का वडाध्यक्ष झरेन्द्र थापा लगायतका दर्जनौँको सहभागिता रहेको खोला पूजामा नौमती बाजा घन्काइएको थियो भने पानीको आशामा पानी छ्यापा छ्याप पनि गरिएको थियो । बुढापाकादेखि तरुण पुस्ताको सहभागिता रहेको खोला पूजामा मकै छर्न नपाएको र खडेरीले उत्पादनमा रास आएको गुनासो गरेका थिए । 

पानी नपर्दा बन डढेलोका कारण ताप्लेजुङको जनजिवन प्रभावित भएको छ ।

प्रकाशित मिति : 1:43 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला