पाथीभरा याङवरक गाउँपालिकामा २ दिनमा ४ ओटा घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा २ दिनमा ४ ओटा घर जलेर नष्ट भएका छन् । जङ्गलबाट आएको आगोले घर जलाएको हो । 

शनिबार आज भीरबाट आएको आगो स्थानीय अमृत बस्नेतको घरमा पस्दा मतान सहित घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको घरमा आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

घरमा रहेको सुनचाँदी, नगद लत्ताकपडा, खाद्यान्न जलेर नष्ट हुँदा सो रकम बराबरको क्षति भएको प्रहरीको भनाई छ । बस्नेतको ढुङ्गा माटोले बनेको ३ तले घरमा आगलागी भएको हो । 

यस्तै शुक्रबार सोही पालिकाको वडा नं. ४ डुम्रिसे निवासी चन्द्रबहादुर साम्सोहाङ र मंगलसिंह साम्सोहाङको ३ तले दुई वटा घर र गोठहरू समेत जलेर नष्ट भएको स्थानीय टिका न्यौपानेले जानकारी दिनुभयो । दुई परिवारको गरि ५० लाख भन्दा बढीको क्षति भएको स्थानीयले बताएका छन् ।  

सुक्खायाम सुरु भएसँगै ताप्लेजुङमा आगलागीका घटना तिव्र रुपमा भइरहेको छ । यसअघि मेरिङदेन गाउँपालिका २ सान्थाक्रा र मिक्वाखोला २ खोक्लिङमा पनि जङ्गलबाट आएको आगोले बस्तीका घर जलाएको डिभिजन बन कार्यालय ताप्लेजुङ जनाएको छ ।

प्रकाशित मिति : 1:05 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई