सिदिङ्वा गाउँपालिकाका अधिकारी न्यायिक सिकाइ अवलोकन भ्रमणका लागि काठमाडौंमा



महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्थानीय विवाद निरूपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनुपर्ने बताउनुभएको छ ।

महानगरपालिकाले न्यायिक निरूपणका लागि अवलम्बन गरेको अभ्यास र सिकाइ बुझ्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट आएका न्यायिक समिति सदस्य र मेलमिलापकर्ताको टोलीसँग आफ्ना अभ्यासका बारेमा जानकारी गराउँदै उपमेयर डङ्गोलले यस्तो बताउनुभएको हो ।

उहाँले ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्ने भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्ने बताउनुभयो । उपमेयर डङ्गोलले वडामा विवाद दर्ता गर्ने प्रणाली, महिला सञ्जालमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने प्रणाली, निःशुल्क कानुनी सेवाको अभ्यास गरेको बताउनुभयो ।

भेटमा सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कँडरियाले आफूहरूले पनि वडामै विवाद दर्ता गराउन चाहेको र यो सोचलाई महानगरको अभ्यासले सहयोग गरेको बताउनुभयो । महानगरको न्यायिक समिति सदस्य एवम् वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले वडामै विवाद समाधान हुने गरेका कारण केन्द्र र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेको बताउनुभयो ।

प्रकाशित मिति : 2:17 pm

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार