मेरिङ्देनले सम्मान गर्‍यो दोश्रो उपमेयर रनिङ कपको विजेतालाई



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले खेलकुद प्रतियोगितामा विजयी बनेका खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न खेलकुद गतिविधिमा सहभागी भई उपाधि जित्न साथै विजयी हुन सफल खेलाडी सहितको टोलीलाई सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) का अनुसार फुङ्लिङ नगरपालिकाले आयोजना गरेको उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगितामा सहभागी भई उपाधि जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम अर्थात उपाधि जित्न सफल महिला खेलाडी, टोली व्यवस्थापक र प्रशिक्षकसमेतलाई सम्मान गरिएको अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेरिङ्देन गाउँपालिकाको तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । विजयी खेलाडी र व्यवस्थापकीय टोलीका नेतृत्वलाई प्रशंसा तथा कदरपत्रद्वारा सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

यता खेलाडी तथा व्यवस्थापकीय टोली नेतृत्वलाई सम्मान गर्दै गाउँपालिकाले आगामी दिनमा खेलकुद जगतको विकासका लागि आवश्यक नीति निर्माण गरी थप पहलकदमी लिने पनि प्रतिवद्धता जनाएको छ । सम्मान कार्यक्रममा गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।eujyalopost.com

प्रकाशित मिति : 1:22 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय