दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकालाई



ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकाले चुमेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक फुङलिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले उपाधि हात पार्न सफल भएको हो । 

१ सय १४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तर पालिका स्तरीय दोश्रो उपमेयर रनिङ कपमा आयोजकलाई स्तब्ध पार्दै मेरिङदेन च्याम्पियन बनेको छ । खेलको पहिलो हाफमा दुवै समुहले पेनाल्टीमार्फत गोल गर्दै १–१ को बराबरी बनाएको थिए । खेलको दोश्रो हाफमा आयोजकले सामान्य गोललाई समेत रक्षा गर्न नसक्दा हार ब्यहोर्नु बाध्य भएको हो । 

सेमिफाइनलमा पाथीभरा याङवरकलाई ९–० को फराकिलो गोलअन्तरले र आठराई त्रिवेणीलाई ट्राइबेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्रमश फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाले फाइनलमा भेट पक्का गरेका हुन् । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय र उपविजेताले ५५ हजार ५ सय रुपैयाँ सहित रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 

त्यस्तै सेमिफाइनलबाट बाहिरिएको टीम आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकालाई समान ९–९ हजार रुपैयाँ प्रदान गरिएको पालिकाले जनाएको छ । गत फागुन २५ गते कोशी प्रदेश सभाका सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेल कोशी प्रदेश सदस्य खगेन सिं हाङगामको प्रमुख आतिथ्यतामा समापन भएको छ । प्रतियोगितामा आयोजक सहित ७ ओटा पालिकाको सहभागिता रहेको थियो । 

जिल्लाका दुई ओटा पालिका मैवाखोला र मिक्वाखोला गाउँपालिका खेलमा सहभागी नभएको बताइएको छ ।

प्रकाशित मिति : 11:58 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि