उपमेयर कपको फाइनल आज : उपाधिका लागि फुङलिङ र मेरिङदेन भिड्दै



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा आयोजक फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका विच प्रतिस्पर्धा हुँदै छ । 

हिजो भएको पहिलो सेमिफाइनल खेलमा पाथिभरा यङवरक गाउँपालिकालाई ९-० गोल अन्तरले पराजित गर्दै आयोजक फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो । यस्तै हिजो नै भएको दोस्रो खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३-२  गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले फाइनलमा फुङलिङ नगरपालिका सँग भेट पक्का गरेको खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनु भएको छ । 

यस अधि फुङलिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने, फक्ताङलुङ गाउँपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा भएको थियो । भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा फागुन २५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन आज हुने संयोजक सुनुवारले बताउँनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला र मिक्वाखोला बाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहेको थियो । मिक्वाखोलाले सहभागिता जनाउँने भनेता पनि अन्त्यमा सहभागिता जनाउन नसकेको संयोजक सुनुवारले बताउनुभयो । प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान ९/९ हजार रुपियाँ प्रोत्साहन रकम पाउने आयोजक फुङलिङ नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०१:०५

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक