प्रथम सेसेलुङ (कञ्चनजंघा) गोल्डकपको बचत रकम १ लाख ९३ हजार बढि



ताप्लेजुङ । प्रथम सेसेलुङ (कञ्चनजंघा) गोल्डकपको आयव्याय सार्वजनिक गरिएको छ । चासोक तङनामको अवसरमा भानुजन माद्यमिक बिद्यालयको खेलमैदानमा गत पुष ४ गतेदेखि ११ सम्म सञ्चालित गोल्ड कपको आय तथा व्याय सार्वजनिक गरिएको हो ।

आयोजक संस्था कञ्चजनंघा फुङलिङ क्लब र ङा वोरक सङजुम्बो फुङलेङले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुदको आयव्याय सार्वजनिक गरिएको छ । क्लबका कोषाध्यक्ष कुलदिप मादेनका अनुसार विभिन्न संघसस्था तथा व्यक्तिबाट कुल ३५ लाख ५९ हजार १५ रुपैयाँ सहयोग प्राप्त भएको छ । प्राप्त रकममध्ये ३४ लाख १५ हजार १ सय ७० रुपैयाँ खर्च भएको कोषाध्यक्ष मादेनले जानकारी दिनुभयो ।

आयव्याय सार्वजनिक गर्दै प्रतियोगिताबाट १ लाख ९३ हजार ८ सय ४५ रुपैयाँ बचत भएको समेत क्लबले जनाएको छ । पर्वकै अवसरमा विभिन्न साँस्कृतिक नृत्यहरुको समेत प्रतियोगिता गराइएको थियो । ८ ओटा टीमको सहभागिता रहेको प्रतियोगिताको उपाधि चक्रघट्टी फुटबल क्लब सुनसरीले चुमेको थियो । सगरमाथा युथ क्लब मोरङलाई ट्राईबेकमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता टीमले ३ लाख २ हजार र उपविजेताले १ लाख ५१ हजार प्राप्त गरेका थिए । प्रथम संस्करणको प्रतियोगिता सम्पन्न भएसँगै दोश्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्ने योजनामा समेत रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : 6:11 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ