ताप्लेजुङको ढुङ्गेसाँघुमा सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको छ । बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन र उनीहरूलाई पढाइमा केन्द्रित गर्ने उद्देश्य राखेर वडा कार्यालयले मङ्गलबार टिभी वितरण गरेको हो ।

वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी टेलिभिजन वितरण गरिएको हो । वडा कार्यालयको योजनाअन्तर्गत बाल विकास केन्द्र सञ्चालित वडाभित्रका छ वटा विद्यालयलाई ३२ इन्च साइजको एक–एक वटा टेलिभिजन वितरण गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाल विकास केन्द्र कक्षा सञ्चालनमा रहेको जनकल्याण माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय र पाटी आधारभूत विद्यालयलाई टेलिभिजन वितरण गरिएको छ ।

यस्तै, मदनभण्डारी आधारभूत विद्यालय, सिंह आधारभूत विद्यालय र साक्फारा आधारभूत विद्यालयलाई टेलिभिजन वितरण गरिएको हो । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टेलिभिजन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

टेलिभिजनसँगै बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइ सम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको पेन्ड्राइभ समेत उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । यता विद्यालयलाई वितरण गरिएको टिभीले बालबालिकाको सिकाइ अर्थात् पढाइलाई प्रभावकारिता बनाउने र बालबालिकालाई विद्यालय जान प्रेरित गर्नमा सहयोग पुग्ने विश्वास लिएको वडाध्यक्ष तामाङको भनाइ छ । gorkhapatraonline.com

प्रकाशित मिति : 1:01 pm

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन