झापाबाट चोरी गरिएका मोटरसाइकल ताप्लेजुङ ल्याएर बिक्री, एकजना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी गरेर ल्याईएका मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामद गरेर झापा लगेको हो ।

मोटरसाईकल चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड ६ बस्ने २७ वर्षीय बालकुमार मगरलाई नियनत्रणमा लिएको छ भने बरामद गरिएका मोटरसाइकल सार्वजनिक गरेको छ।

गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गरिएको अनुसन्धानपछि झापाबाट चोरी गरेर ताप्लेजुङ लगेर बिक्री गर्ने गरिएको पत्ता लागेको थियो ।

ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरूले कावेलीसम्म पुर्याइदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ ।
ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:२१

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ