फागुन २५ बाट ताप्लेजुङमा उपमेयर कप हुने 



ताप्लेजुङ ।  ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गर्ने अन्तरपालिका स्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले प्रतियोगिता फागुन २५ गतेबाट २७ गते सम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाका अनुसार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २५ गते प्रतियोगिता सुरु हुने छ । उहाँका अनुसार नगर खेलकुद विकास समितिले खेलकुद मार्गदर्शन तयार गरी नगर कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ । eujyalopost.com

प्रकाशित मिति : 1:36 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो