फागुन २५ बाट ताप्लेजुङमा उपमेयर कप हुने 



ताप्लेजुङ ।  ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गर्ने अन्तरपालिका स्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले प्रतियोगिता फागुन २५ गतेबाट २७ गते सम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाका अनुसार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २५ गते प्रतियोगिता सुरु हुने छ । उहाँका अनुसार नगर खेलकुद विकास समितिले खेलकुद मार्गदर्शन तयार गरी नगर कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ । eujyalopost.com

प्रकाशित मिति : 1:36 pm

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग