ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा बाटो बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर सिरिजङ्गा गाउँपालिका वडा नं. २ का ५६ वर्षीय कर्णबहादुर कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार सिरिजङ्गा गाउँपालिका वडा नं. २ कै आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा झरेको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो ।
स्थानीयले भने मृतकको नाम दुर्गाबहादुर भनेका छन् ।
प्रतिक्रिया