पाथिभरा क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अघि नबढाउन नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङको आग्रह



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । पाथिभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अघि नबढाउन नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङले आग्रह गरेको छ । केबलकार निर्माण सम्बन्धी सुरुबाट नै विवाद हुँदै आएको र सर्वोच्च अदालतमा समेत मुद्दा चालु रहेकोले उक्त मुद्दाको किनारा नलागी सर्वपक्षीय सहमति नभई निर्माण कार्य अगाडि नबढाउन पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रा.लि.लाई आग्रह गरेको हो । 

आज ताप्लेजुङको पत्रकार महासङ्घको भवनमा एक पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले केबलकार निर्माण सम्बन्धी सर्वपक्षीय सहमतिका लागि विभिन्न निकायहरूबाट पहल भए पनि विवाद कायमै रहेको र विवादीत अवस्थामा नै केबलकार निर्माण कार्य कम्पनीले अगाडि बढाएकोले यसले सरोकारवाला, जनता र निर्माण कम्पनी बिच भौतिक रुपमा मुठभेड समेत हुने अवस्था सिर्जना भएको जनाएको छ । 

यस्तै केबलकार प्रा.लि.ले जग्गा धनीहरूबाट आयोजना प्रयोजनको निम्ति जग्गा खरिद गर्दा माफिया शैलीमा अस्वभाविक जग्गाको मूल्याङ्कन गरी खरिद बिक्री गरेको देखिएकोले यो कार्य कानुन विपरीत भएको हुँदा यसको खारेजको माग समेत गरिएको उक्त पार्टीले जनाएको छ । 

साथै केबलकार निर्माण हुने वातावरण बनिसकेपछि पनि उक्त आयोजनाबाट लाभान्वित हुने पहिलो अग्राधिकार स्थानीय जनतामा निहित भएकोले आयोजनाको ५१ प्रतिशत शेयर स्थानीय जनतालाई अनिवार्य सुनिश्चित गर्नु पर्ने जनाइएको छ । 

प्रकाशित मिति : 12:21 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप