ताप्लेजुङमा करिव १० हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइने



ताप्लेजुङ । ताप्लेजुङमा करिव १० हजार बालबालिकाहरूलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ । यहाँका ९ स्थानीय तहमध्ये पहिलो चरणमा ४ र दोस्रो चरणमा ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भएको हो । 

स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाइजर दिनेश रायका अनुसार पहिलो चरणमा फागुन १८ देखि २२ गते सम्म फुङलिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजङ्गा गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणमा फागुन २४ देखि २८ गते सम्म आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइने छ । स्वास्थ्य कार्यालयका अनुसार फुङलिङ नगरपालिकाका १ हजार ९ सय ८६, सिरिजङ्गा गाउँपालिकाका १ हजार ५, सिदिङ्वाका ८ सय ६० र पाथीभरा याङवरकका ७ सय ५० जना बालबालिकालाई खोप लगाइने छ । 

यस्तै फक्ताङलुङ गाउँपालिकाका ८ सय १३, मेरिङदेन गाउँपालिकाका ८ सय, आठराई त्रिबेणी गाउँपालिकाका ९ सय, मैवाखोला गाउँपालिकाका ९ सय ६१ र मिक्वाखोला गाउँपालिकाका ७ सय ६० बालबालिकालाई खोप दिइने गरी सूची तयार भएको छ । स्वास्थ्य कार्यालयले ९ महिना पूरा भई ५ वर्ष ननाघेका सबै बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा ल्याएर दादुरा–रुबेला विरुद्धको खोप लगाउन सम्बन्धित अभिभावकहरूलाई आग्रह समेत गरेको छ । eujyalopost.com

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १०:०१

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजारले बढ्यो

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ ।

ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई

प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी

ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक