ताप्लेजुङमा करिव १० हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइने



ताप्लेजुङ । ताप्लेजुङमा करिव १० हजार बालबालिकाहरूलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ । यहाँका ९ स्थानीय तहमध्ये पहिलो चरणमा ४ र दोस्रो चरणमा ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भएको हो । 

स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाइजर दिनेश रायका अनुसार पहिलो चरणमा फागुन १८ देखि २२ गते सम्म फुङलिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजङ्गा गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणमा फागुन २४ देखि २८ गते सम्म आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिइने छ । स्वास्थ्य कार्यालयका अनुसार फुङलिङ नगरपालिकाका १ हजार ९ सय ८६, सिरिजङ्गा गाउँपालिकाका १ हजार ५, सिदिङ्वाका ८ सय ६० र पाथीभरा याङवरकका ७ सय ५० जना बालबालिकालाई खोप लगाइने छ । 

यस्तै फक्ताङलुङ गाउँपालिकाका ८ सय १३, मेरिङदेन गाउँपालिकाका ८ सय, आठराई त्रिबेणी गाउँपालिकाका ९ सय, मैवाखोला गाउँपालिकाका ९ सय ६१ र मिक्वाखोला गाउँपालिकाका ७ सय ६० बालबालिकालाई खोप दिइने गरी सूची तयार भएको छ । स्वास्थ्य कार्यालयले ९ महिना पूरा भई ५ वर्ष ननाघेका सबै बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा ल्याएर दादुरा–रुबेला विरुद्धको खोप लगाउन सम्बन्धित अभिभावकहरूलाई आग्रह समेत गरेको छ । eujyalopost.com

प्रकाशित मिति : 10:01 am

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई