डाक्टर सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा निःशुल्क आँखा शिविर हुने 



साहारा लिम्बू

ताप्लेजुङ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित आँखा उपचार केन्द्रले आगामी फागुन १६ गतेदेखि १८ सम्म ३ दिन निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको हो । 

विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी भइरहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौँ, सेवा फाउण्डेशन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा आयोजित शिविरमा छनौट भएका मोतियाबिन्दूका बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिने क्लिनिक इन्चार्ज गुरुङले बजाउनुभएको छ । मोतियाबिन्दुका बिरामीको छनौटका लागि ताप्लेजुङको दुईओटा स्थानीय तहमै छनौट शिविर सञ्चालन गरिने बताईएको छ । 

जिल्लाको मैवाखोला गाउँपालिकाको १ नं. वडा कार्यालय ढुङ्गेसाँघुमा फागुन १३ र मिक्वाखोला गाउँपालिकाको २ नं. वडा कार्यालय खोक्लिङमा फागुन १४ गते छनौट शिविर सञ्चालन गरिदैछ । सो स्थानमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरूको डिचेन डोङ्गगलामा अपरेशन गरिने बताईएको छ ।  

परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई चश्मा तथा आवश्यकता अनुसार औषधी समेत निशुल्क उपलब्ध गराइने केन्द्रले जनाएको छ । बिरामीहरूको सेवाका लागि समय–समयमा केन्द्रले विभिन्न स्थानमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । छनौट शिविर र फुङलिङमा सञ्चालित ३ दिने शिविरमा आँखाका बिरामीहरूले परीक्षण तथा उपचार गराई मौकाको फाइदा लिन केन्द्रले अनुरोध गरेको छ । 

आँखाका बिरामीहरूका लागि नेपाल नेत्र ज्योति संघले ताप्लेजुङको फुङलिङ, दोभान, पाँचथरको थर्पु र कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा दोभान आँखा उपचार केन्द्र, याङवरक गाउँपालिकाको सहयोगमा थर्पु आँखा उपचार केन्द्र, कुम्मायक गाउँपालिकाको सहयोगमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।  

प्रकाशित मिति : 2:17 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा