‘अखिल कप २०८०’ को उपाधि मैवाखोला र नारायणी मा. वि.लाई



ताप्लेजुङ । ‘अखिल कप २०८०’ को उपाधि मैवाखोला र नारायणी मा. वि.ले हात पारेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियु मैवाखोला पालिका कमिटीको आयोजनामा सम्पन्न भएको उक्त खेलको उपाधि छात्र तर्फ मैवाखोला मा.वि. र छात्रा तर्फ नारायणी मा.वि.ले हात पारेको हो ।

हिजोबाट सुरु भएको खेलको फाइनल आज भएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज भएको फाइनल खेलमा छात्र तर्फ जनकल्याण मा.वि.लाई १-० गोल अन्तरले पराजित गर्दै मैवाखोला मा.वि.ले उपाधि हात पारेको छ । यस्तै छात्रा तर्फ मैवाखोला मा.वि.लाई १-० गोल अन्तरले नै पराजित गर्दै नारायणी मा.वि. प्रथम भएको हो ।

प्रथम हुने छात्र छात्रा तर्फका मैवाखोला मा.वि. र नारायणी मा.वि.ले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोस्रो हुने छात्र छात्रा तर्फ जनकल्याण र मैवाखोला मा.वि.ले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको बानियाँले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी उप–सचिव साथै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) को प्रमुख आथित्यतामा उद्घाटन भएको खेलको समापन नेकपा एमाले जिल्ला कमिटि सदस्य दिपक धिताको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

यस्तै विशिष्ट अतिथिको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १३:३६

प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको

ताप्लेजुङका सरकारी कार्यालयहरुले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने

ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा

कञ्चनजङ्घा हीरक महोत्सव : भलिबल खेलको तालिका सार्वजनिक

ताप्लेजुङ । कञ्चनजङ्घा हीरक महोत्सवमा सञ्चालन हुने पालिका स्तरीय आमन्त्रित

पाथिभरा याङवरक गाउँपालिकाले बनायो देवाली गर्ने मन्दिर

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले कुल पुजा (देवाली) गर्ने

पाथिभरा मन्दिरमा एक वर्षमा आए दुई लाख बढी भक्तजन 

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा दुई लाख