ताप्लेजुङको साब्लाखुमा आगलागी हुँदा एक घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुमा शुक्रवार दिउँसो आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार दिउँसो २ः१५ बजेतिर घरमा आगलागी भएको हो । बालबालिकाले प्रज्ज्वलनशील लाइटर खेलाउने क्रममा अचानक आगो सुरु हुँदा लिम्बूको ढुङ्गा र माटोले बनेको एकतले घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट घरसँगै रहेको गाईबस्तुको गोठसमेत जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सहितका सबै सामान जलेर नष्ट हुँदा ५५ हजार रुपैँया बढीको क्षति भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 3:28 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो