ताप्लेजुङको साब्लाखुमा आगलागी हुँदा एक घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुमा शुक्रवार दिउँसो आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार दिउँसो २ः१५ बजेतिर घरमा आगलागी भएको हो । बालबालिकाले प्रज्ज्वलनशील लाइटर खेलाउने क्रममा अचानक आगो सुरु हुँदा लिम्बूको ढुङ्गा र माटोले बनेको एकतले घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट घरसँगै रहेको गाईबस्तुको गोठसमेत जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सहितका सबै सामान जलेर नष्ट हुँदा ५५ हजार रुपैँया बढीको क्षति भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 3:28 pm

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार