ताप्लेजुङको लिङ्तेपमा सुरु भयो पुरुष तथा महिला फुटबल प्रतियोगिता



ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ । बसन्त पञ्चमीको अवसरमा श्री प्रगतिशील युवा क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामले गर्नु भएको हो । 

कार्यक्रमको विशिष्ट अथितिमा पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाङ वीर हाङ्गामको उपस्थिति रहेको थियो । आज भएको पुरुष फुटबल प्रतियोगितामा आठराई त्रिवेणीको निघुरादिनले मेरिङदेन गाउँपालिकाको खाम्लुङलाई २-० गोल अन्तरले पराजित गरेको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूले जानकारी दिनुभयो । 

क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम र दोस्रोले क्रमश नगद ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष हाङ्गामले जानकारी दिनु भएको छ ।

फागुन ६ गते सम्म सञ्चालन हुने उक्त खेल मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपको स्वा। तुलसी नाल्बो स्मृति खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : 2:30 pm

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार