ताप्लेजुङको लिङ्तेपमा सुरु भयो पुरुष तथा महिला फुटबल प्रतियोगिता



ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ । बसन्त पञ्चमीको अवसरमा श्री प्रगतिशील युवा क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामले गर्नु भएको हो । 

कार्यक्रमको विशिष्ट अथितिमा पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाङ वीर हाङ्गामको उपस्थिति रहेको थियो । आज भएको पुरुष फुटबल प्रतियोगितामा आठराई त्रिवेणीको निघुरादिनले मेरिङदेन गाउँपालिकाको खाम्लुङलाई २-० गोल अन्तरले पराजित गरेको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूले जानकारी दिनुभयो । 

क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम र दोस्रोले क्रमश नगद ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष हाङ्गामले जानकारी दिनु भएको छ ।

फागुन ६ गते सम्म सञ्चालन हुने उक्त खेल मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपको स्वा। तुलसी नाल्बो स्मृति खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : 2:30 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा