ताप्लेजुङको थिङ्लाबूस्थित सिन्धकाली आधारभूत विद्यालयमा नवनिर्मित मन्दिरको उद्घाटन



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ।  ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ थिङ्लाबुस्थित थुङ्थापको सिन्धकाली आधारभूत विद्यालयमा नवनिर्मित मन्दिरको उद्घाटन भएको छ । सरस्वती पूजाको अवसरमा स्व. सुभान सिं चोङ्बाङक्याकको स्मृतिमा उहाँको छोरी हरिमाया चोङ्बाङक्याकद्वारा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन गरिएको हो । 

मन्दिरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हां विर हाङ्गाम (डम्बर)ले गर्नु भएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जीतेन लिम्बूले जानकारी दिनु भएको छ । वि.स.२०७२ सालको भूकम्पले ध्वस्त पारेको उक्त विद्यालय गाउँपालिकाको निरन्तर पहल र सहकार्यबाट नयाँ भवन निर्माण भएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउँनुभयो । 

भौगोलिक हिसाबले सदरमुकाम र गाउँपालिका केन्द्रबाट टाढा रहेता पनि विद्यालयमा उल्लेखनीय विद्यार्थी संख्या रहेको १ नं. वडा अध्यक्ष सविन कुमार लिम्बूले बताउनुभयो । उक्त विद्यालय गुणस्तरीय पठनपाठनको हिसाबले मेरिङदेन गाउँपालिका १ नं. वडाको पहिलो आधारभूत विद्यालय रहेको उहाँको भनाई छ । 

विद्यालयमा अहिले १७ लाख अक्षयकोष रहेको प्रधानाध्यापक सन्त कुमार चोङ्बाङक्याकले जानकारी दिनुभएको छ । अक्षयकोषलाई ३० लाख सम्म पुर्याउने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र ओख्राबूले बताउनुभयो । 

कार्यक्रमको विशिष्ट अतिथिमा मेरिङदेन गाउँपालिका १ नं. वडाका वडाध्यक्ष सविन कुमार चङवाङको उपस्थिति रहेको थियो भने अतिथिमा १ नं. वडाका पुर्व वडाध्यक्ष लाक्पा तेम्बा शेर्पा, युनाईटेड वल्र्ड स्कुलका प्रतिनिधि तथा फिल्ड सुपरभाइजर भोला पौडेल लगायत अन्य समाजसेवी, जनप्रतिनिधि तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १३:००

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको