पाँचथर गोल्डकपमा भारतसहित आठ टिमको सहभागी हुने



 फागुन १२ देखि सुरु हुने चौथो पाँचथर गोल्कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ टिमले भाग लिने पक्का भएको छ। आयोजक पाँचथर क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै सहभागी हुने टिम सार्वजनिक गरेको हो।

प्रतियोगितामा आयोजक पाँचथर क्लब सहित त्रिभुवन आर्मी क्लब काठमाडौँ, हिल्स फुटबल एकेडेमी भारत, राइटलेन एजुकेसन बाग्मती, यूथ क्लब सर्लाही, पथरी ११ फुटबल क्लब मोरङ, झापा फुटबल क्लब झापा, नमोबुद्ध युवा फुटबल क्लब सप्तरी र रेडहर्स फुटबल क्लब इलाम सहभागी हुनेछन्। 

प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख पाँच हजार पाँच सय ५५ रुपियाँ र दोस्रो हुने टिमले दुई लाख ५५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त नगद सहित ट्रफी र मेडल प्राप्त  गर्नेछन्। 

प्रतियोगिताको म्यान अफ दी म्याचलाई पाँच हजार, वेस्ट कोच, हाई स्कोरर, वेस्ट डिफेण्डर, वेस्ट गोलकिपर र वेस्ट मिडफिल्डरलाई जनही १० हजारको दरले पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ। त्यस्तै राईजिङ प्लेयर र म्यान अफ दि टुर्नामेन्टलाई जनही १५ हजारको दरले पुरस्कार दिइने खेल संयोजक कमल तुम्रोकले जानकारी दिनुभयो।

हरेक दिनको खेलमा एक जना फ्यान अफ दी म्याच र एकजना सुटआउट हिरोलाई जनही दुई हजार पाँच सय प्रदान गर्ने घोषणा पनि आयोजकले गरेको छ। फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ५९ लाखको अनुमानित लागतमा सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०६:०२

केबलकारको विवादलाई समाधान गर्न आन्दोलनरत पक्ष वार्तामा बस्न तयार

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि आन्दोलनरत

गत वर्ष फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा आए 

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शन गर्न आउने

मैवाखोला गाउँपालिकाले दियो तीन परिवारलाई एक लाख ५० हजार राहत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ परिवारलाई एक लाख ५०

ताप्लेजुङमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनोट गर्न शिक्षकहरुलाई सात दिनको म्याद

ताप्लेजुङ । ताप्लेजुङमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि

केबलकारको विवादलाई समाधान गर्न वार्ताका लागि आन्दोलनरत पक्षलाई गृह मन्त्रालयले फेरी बोलायो

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह