तेल्लोक सपोर्टिङ क्लबद्धारा झण्डै साढे दुई लाख रकम बचत



ताप्लेजुङ । तेल्लोक सपोर्टिङ क्लबले झण्डै साढे दुई लाख रकम बचत गरेको छ । गत मङ्सिरमा सम्पन्न तेश्रो सिरीजंघा गोल्ड कपको आय व्यय सार्वजनिक  गर्दै दुई लाख एकचालीस हजार एक सय उनासी रुपैयाँ रकम बचत भएको जनाएको छ । 

सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सोमबार आयव्यय सार्वजनिक कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सो रकम बचत गर्न सफल भएको क्लबका  कोषाध्यक्ष दिनेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार बिभिन्न संघ संस्था तथा व्यक्तिबाट कुल १८ लाख ७१ हजार ७ सय २ रुपैयाँ संकलन भएको छ । कुल आम्दानीको १६ लाख ३० हजार ५ सय २३ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ। 

 प्रतियोगिता सम्पन्न पश्चात रकम बचत गर्ने जिल्लाको दोश्रो क्लब बनेको छ । यसअघि लाखेजात्राको अवसरमा आयोजित खेलबाट आयोजकले २३ लाख बढी रकम बचत भएको छ ।  यस्तै सिरीजंघा गोल्ड कप ताप्लेजुङमै सञ्चालित खेलमध्ये दोश्रो ठुलो प्रतियोगिता भएको समेत क्लबका अध्यक्ष अर्जुन भट्टराईको भनाइ थियो । 

क्लबले सिरीजंघा सिंह थेवेको ३ सय १९ औं जन्म जयन्तीको अवसरमा गत मंसिर २५ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गरेको थियो । ताप्लेजुङका ३ सहित काठमाडौँ झापा इलाम पाँचथर र उदयपुरबाट गरी कुल ८ टिमको सहभागिता रहेको गोल्डकपको उपाधि देउराली सपोर्टिङ क्लब इलामले हात पारेको थियो । 

कार्यक्रम सिरीजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपाली तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई बिभिन्न पार्टी तथा संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । 

आयव्यय सार्वजनिक कार्यक्रममा क्लबले ४ जना व्यक्तिलाई  आजीवन सदस्यता पत्र समेत प्रदान गरिएको छ। क्लबका अध्यक्ष भट्टराईका अनुसार मनोज उप्रेती बिमला साम्यु प्रेम गुरुङ र दिपक पौडेललाई आजीवन सदस्यता पत्र समेत प्रदान गरिएको छ।

प्रकाशित मिति : 11:14 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई