तेल्लोक सपोर्टिङ क्लबद्धारा झण्डै साढे दुई लाख रकम बचत



ताप्लेजुङ । तेल्लोक सपोर्टिङ क्लबले झण्डै साढे दुई लाख रकम बचत गरेको छ । गत मङ्सिरमा सम्पन्न तेश्रो सिरीजंघा गोल्ड कपको आय व्यय सार्वजनिक  गर्दै दुई लाख एकचालीस हजार एक सय उनासी रुपैयाँ रकम बचत भएको जनाएको छ । 

सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सोमबार आयव्यय सार्वजनिक कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सो रकम बचत गर्न सफल भएको क्लबका  कोषाध्यक्ष दिनेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार बिभिन्न संघ संस्था तथा व्यक्तिबाट कुल १८ लाख ७१ हजार ७ सय २ रुपैयाँ संकलन भएको छ । कुल आम्दानीको १६ लाख ३० हजार ५ सय २३ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ। 

 प्रतियोगिता सम्पन्न पश्चात रकम बचत गर्ने जिल्लाको दोश्रो क्लब बनेको छ । यसअघि लाखेजात्राको अवसरमा आयोजित खेलबाट आयोजकले २३ लाख बढी रकम बचत भएको छ ।  यस्तै सिरीजंघा गोल्ड कप ताप्लेजुङमै सञ्चालित खेलमध्ये दोश्रो ठुलो प्रतियोगिता भएको समेत क्लबका अध्यक्ष अर्जुन भट्टराईको भनाइ थियो । 

क्लबले सिरीजंघा सिंह थेवेको ३ सय १९ औं जन्म जयन्तीको अवसरमा गत मंसिर २५ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गरेको थियो । ताप्लेजुङका ३ सहित काठमाडौँ झापा इलाम पाँचथर र उदयपुरबाट गरी कुल ८ टिमको सहभागिता रहेको गोल्डकपको उपाधि देउराली सपोर्टिङ क्लब इलामले हात पारेको थियो । 

कार्यक्रम सिरीजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपाली तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई बिभिन्न पार्टी तथा संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । 

आयव्यय सार्वजनिक कार्यक्रममा क्लबले ४ जना व्यक्तिलाई  आजीवन सदस्यता पत्र समेत प्रदान गरिएको छ। क्लबका अध्यक्ष भट्टराईका अनुसार मनोज उप्रेती बिमला साम्यु प्रेम गुरुङ र दिपक पौडेललाई आजीवन सदस्यता पत्र समेत प्रदान गरिएको छ।

प्रकाशित मिति : 11:14 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा