पाथीभरा याङ्वरकले जित्यो अध्यक्ष कप भलिबल उपाधि



ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा सम्पन्न अध्यक्ष कप पुरुष भलिबल उपाधि पाथीभरा याङ्वरकले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरक गाउँपालिकाले उपाधि जितेको हो ।


उपाधि बिजेता पाथीभरा याङ्वरकले दोस्रो, तेस्रो र चौथो सेटमा क्रमशः २५–२१, २५–२३ र २५–२३ ले जित निकाल्न सफल भएको थियो । सिदिङ्वा गाउँपालिका भने खेलको पहिलो सेट मात्र २५–२२ ले विजयी भएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकाले उपाधि जितेसँगै दुई लाख ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता उपविजेता बनेको सिदिङ्वा गाउँपालिकाले एक लाख ३३ हजार ३३३ रुपियाँ नगद पुरस्कार पाएको छ । यस्तै प्रतियोगितामा सबोत्कृष्ट खेलाडी घोषित हुँदै पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।


विभिन्न विधागत पुरस्कार पाउनेमा उत्कृष्ट ब्लकरका रुपमा पाथीभरा याङ्वरककै आक्रोस लिम्बू, उत्कृष्ट सर्बर सिदिङ्वाका मिलन लिम्बू, उत्कृष्ट लिब्रो सिरिजंघाका सौगात लिम्बू, उत्कृष्ट सेटर पाथीभरा याङ्वरकका कैलास बस्नेत र उत्कृष्ट स्पाइकर सिदिङ्वाका नरेन्द्र तामाङ रहनुभएको छ । उदयमान खेलाडीका रुपमा पाथीभरा याङ्वरकका प्रकाश बिष्ट पुरस्कृत हुनुभएको छ ।


प्रतियोगिताका बिजेताहरुलाई कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गाम, सिरिजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डाक्टर चित्रकुमार माबो लगायतले संयुक्त रुपमा पुरस्कार राशी, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । सिरिजंघा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण गएको बुधबार सुरु भएको थियो ।


जिल्लामा नौ स्थानीय तह रहे पनि आयोजक सिरिजंघा गाउँपालिकासहित चार स्थानीय तहले मात्र प्रतियोगितामा सहभागिता जनाएका छन् । आयोजकबाहेक पाथीभरा याङ्वरक, सिदिङ्वा गाउँपालिका र फुङ्लिङ नगरपालिका प्रतियोगितामा सहभागी भएको गाउँपालिका उपाध्यक्ष डा।चित्रकुमार माबोले जानकारी दिनुभयो । प्रतियोगिता गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकस्थित तेल्लोक माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

उज्यालोपोष्ट

प्रकाशित मिति : 2:53 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज