गोर्खा वेल्फेयर ताप्लेजुङद्धारा “पब्लिक रिलेसन ” कार्यक्रम सम्पन्न




ताप्लेजुङ । गोर्खा वेल्फेयर सेन्टर ताप्लेजुङले “पब्लिक रिलेसन” कार्यक्रम सम्पन्न गरेको छ । २०८० माघ २६ गते शुक्रबार वेल्फेयरले ताप्लेजुङ सदरमुकाम फुङलिङमा अबस्थित माउन्टेन होटेलमा आफ्ना साझेदारहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । गोर्खा वेल्फेयर ताप्लेजुङका एरिया वेल्फेयर अफिसर ईन्द्र डेउ राईका अनुसार पब्लिक रिलेसन कार्यक्रम हरेक वर्ष आफ्ना साझेदारहरुसँग सुमधुर सम्बन्ध कायम राखी सहकार्य एवंम समन्वय गर्ने उद्देश्यले गर्ने गरिन्छ ।

उहाँले भन्नुभयो,“ पब्लिक रिलेसन ईभेन्ट हरेक वर्ष आफ्ना साझेदारहरुसँग चिनजान साथै सुमधुर सम्बन्ध कायम राख्नको लागि गरिन्छ ताकी कुनैपनि बेला सहकार्य गर्नु पर्यो भने सहजिकरण गर्न सकियोस।” गोर्खा वेल्फेयर ट्रष्ट्ले बृटिष आर्मि र सिंगापुर पुलिस फोर्सबाट अबकाश लिएका पेन्सनरहरु र उहाँहरुको सेवा पाउन योग्य सन्तानहरुलाई वेल्फेयर साथै स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ। यसको अलावा,समुदायको आधारभुत आवश्यकता योजनाहरु ( विद्यालय निर्माण र सम्भार, भबन थप, डेस्क, बेन्च निर्माण) ग्रामिण खानेपानी योजना लगायत, अन्य संस्था सँगको समन्वयमा झोलुङ्गे पुल निर्माण, साना जलविद्युत योजना, सोलार बत्ती बितरण साथै अति बीपन्न विधार्थीहरुलाई शिपमुलक तालिम प्रदान गर्दै आएको वेल्फेयर प्रमुख राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 2:01 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन