गोर्खा वेल्फेयर ताप्लेजुङद्धारा “पब्लिक रिलेसन ” कार्यक्रम सम्पन्न




ताप्लेजुङ । गोर्खा वेल्फेयर सेन्टर ताप्लेजुङले “पब्लिक रिलेसन” कार्यक्रम सम्पन्न गरेको छ । २०८० माघ २६ गते शुक्रबार वेल्फेयरले ताप्लेजुङ सदरमुकाम फुङलिङमा अबस्थित माउन्टेन होटेलमा आफ्ना साझेदारहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । गोर्खा वेल्फेयर ताप्लेजुङका एरिया वेल्फेयर अफिसर ईन्द्र डेउ राईका अनुसार पब्लिक रिलेसन कार्यक्रम हरेक वर्ष आफ्ना साझेदारहरुसँग सुमधुर सम्बन्ध कायम राखी सहकार्य एवंम समन्वय गर्ने उद्देश्यले गर्ने गरिन्छ ।

उहाँले भन्नुभयो,“ पब्लिक रिलेसन ईभेन्ट हरेक वर्ष आफ्ना साझेदारहरुसँग चिनजान साथै सुमधुर सम्बन्ध कायम राख्नको लागि गरिन्छ ताकी कुनैपनि बेला सहकार्य गर्नु पर्यो भने सहजिकरण गर्न सकियोस।” गोर्खा वेल्फेयर ट्रष्ट्ले बृटिष आर्मि र सिंगापुर पुलिस फोर्सबाट अबकाश लिएका पेन्सनरहरु र उहाँहरुको सेवा पाउन योग्य सन्तानहरुलाई वेल्फेयर साथै स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ। यसको अलावा,समुदायको आधारभुत आवश्यकता योजनाहरु ( विद्यालय निर्माण र सम्भार, भबन थप, डेस्क, बेन्च निर्माण) ग्रामिण खानेपानी योजना लगायत, अन्य संस्था सँगको समन्वयमा झोलुङ्गे पुल निर्माण, साना जलविद्युत योजना, सोलार बत्ती बितरण साथै अति बीपन्न विधार्थीहरुलाई शिपमुलक तालिम प्रदान गर्दै आएको वेल्फेयर प्रमुख राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 2:01 pm

प्रथम मानाभारा गोल्ड कप आजबाट : उद्घाटनमा आयोजक र माछापोखरी भिड्दै 

ताप्लेजुङ, पुस १५ गते ।  प्रथम मानाभारा गोल्ड कप आजबाट

पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

ताप्लेजुङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति

स्वेदश फर्किएर फुटबलमा होमिएका लहनलाई गृह जिल्लामा बधाई र सम्मानको ओईरो

एलिना दियालीताप्लेजुङ । खेलेर हुन्छ । पढ्न पर्छ । खेलेर

ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ताप्लेजुङ, पुस १२ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव