स्कटल्यान्डमा भएको आगलागीमा नेपाली दिदीबहिनीको ज्यान गएको पुष्टि




रेडियो काबेली
काठमाडौं । स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ । ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय एबरडीन लाइभले जनाएको छ । अन्दाजी २२ वर्षकी आँचल पेसाले इञ्जिनियर र २४ वर्षकी शिक्षा आईटी अध्ययन गरी पेसामा आबद्ध हुनुहुन्थ्यो । सुवेदी दिदीबहिनी डा। यज्ञ सुवेदीका छोरीहरु हुन् ।

डा। सुवेदी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुनुहुन्छ । पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बसोबास गर्दै आएका छन् । ज्यान गुमाएका दिदीबहिनीको आउँदो मङ्गलवार दाहसंस्कार गर्ने तयारी छ ।

आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरु बेहोस भएका र पछि मृत घोषणा गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण खुलिनसकेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ०७:२३

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको