सांसद नेम्वाङको स्वास्थ्यमा सुधार :आईसियुमा उपचार हुँदै



काठमाडौं। पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।

नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद नेम्वाङको सचिवालयका अनुसार चिकित्सकले स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएका हुन्। ‘‘आइसियुमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’’, चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले गोरखापत्र अनलाइनसँग भनेको छ।

बुधबार बिहान ताप्लेजुङमा अचानक स्वास्थ्यमा समस्या भएपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् राजधानी ल्याइएको हो। अहिले उहाँको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल उपचार भइराखेको छ।

चिकित्सकले उहाँलाई स्ट्रोक भएको बताएका छन्। ‘‘चिकित्सकले प्रेसरले हानेको भन्नुभएको छ। उहाँको टाउकोको देब्रे तर्फको फुटेको नशाको अप्रेसन सफल भएको छ। अप्रेसन सफल भएपछि स्वास्थ्यमा सुधार भइरहेको छ’’, चिकित्सकलाई उद्धृत गर्दै सचिवालयले भनेको छ।

बिहीबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अस्पतालमा पुगेर सांसद नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको नेम्वाङका सहयोगी सन्दीप राईले जानकारी दिनुभयो । अस्पतालमा शुभचिन्तक भेला भए पनि अहिलेसम्म स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै चिकित्सकले भेट्न नदिएको राईको भनाइ छ ।

चिकित्सकका अनुसार स्ट्रोक दिमागको कुनै भागमा रक्तसञ्चार बन्द अथवा कम हुनाले हुने गर्दछ। जसकारणले दिमागमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएर रगत जम्ने गर्छ।

एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका नेम्वाङ कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेको समयमा स्वास्थ्यमा समस्या देखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बुधबार साँझ काठमाडौँ ल्याइएको हो।

नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ।

गोरखापत्र

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १४:१६

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक