प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन पत्रकारलाई पुरस्कृत गर्ने



ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना ताप्लेजुङमा कार्यरत पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले विभिन्न पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।

मंगलबार बसेको  प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रविन भट्टराई, जयमती कर्ण बहादुर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नयाँपत्रिका दैनिकमा संवाददाता केशब भटटराई र अग्नि प्रसाद भिमादेबी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत पत्रकार गंगा लिङखिमलाई पुरस्कृत गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल ताप्लेजुङले जनाएका छ ।

चौतारीले आफ्नो २६औं स्थापना दिवसको अवसरमा नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भएको छ । 

प्रकाशित मिति : 5:55 am

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप