ताप्लेजुङको लिबाङमा चौथो मुन्धुङ्गे मेला लाग्ने, पुरुष भलिबल सञ्चालन हुने



 ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ३ लिबाङमा चौथो मुन्धुङ्गे मेला लाग्ने भएको छ । मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा यही भा २२ गतेदेखि सांस्कृतिक कार्यक्रम सँगै विभिन्न खेलकुदका साथ मेला सञ्चालन हुने भएको हो । 

मेलामा अन्तर वडा स्तरीय पुरुष भलिबल, डोरी तान्ने र छेलो खेलको आयोजना गरिएको मञ्चका अध्यक्ष राज कुमार लिम्बूले जानकारी दिनु भएको छ । खेल मिक्वाखोला ३ लिनबाङको मुन्धुङ्गे खेल मैदानमा सञ्चालन हुने उहाँले जानकारी दिनु भएको छ ।

भलिबल तर्फ प्रथम हुनेले नगद ८० हजार सँगै ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद ५० हजार सहित ३ वर्षे रनिङ कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

सांस्कृतिक कार्यक्रममा सहभागि हुने प्रत्येक कलाकारहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ भने, डोरी तान्ने र छेलो खेलको लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ  । 

प्रकाशित मिति : 6:23 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक