ताप्लेजुङको लिबाङमा चौथो मुन्धुङ्गे मेला लाग्ने, पुरुष भलिबल सञ्चालन हुने



 ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ३ लिबाङमा चौथो मुन्धुङ्गे मेला लाग्ने भएको छ । मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा यही भा २२ गतेदेखि सांस्कृतिक कार्यक्रम सँगै विभिन्न खेलकुदका साथ मेला सञ्चालन हुने भएको हो । 

मेलामा अन्तर वडा स्तरीय पुरुष भलिबल, डोरी तान्ने र छेलो खेलको आयोजना गरिएको मञ्चका अध्यक्ष राज कुमार लिम्बूले जानकारी दिनु भएको छ । खेल मिक्वाखोला ३ लिनबाङको मुन्धुङ्गे खेल मैदानमा सञ्चालन हुने उहाँले जानकारी दिनु भएको छ ।

भलिबल तर्फ प्रथम हुनेले नगद ८० हजार सँगै ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद ५० हजार सहित ३ वर्षे रनिङ कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

सांस्कृतिक कार्यक्रममा सहभागि हुने प्रत्येक कलाकारहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ भने, डोरी तान्ने र छेलो खेलको लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ  । 

प्रकाशित मिति : 6:23 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई