पाँचथरमा फाल्गुण १२ गतेबाट पाँचथर गोल्डकप हुने



पाँचथर । पाँचथर गोल्डकपको चौंथो संस्करण हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । करिव चार बर्षपछि यो प्रतियोगिता फेरी हुन लागेको हो ।

अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिदै आएको थियो । प्रतियोगित फिदिम माबिको खेलमैदानमा हुनेछ । आयोजकले यसपटक प्रतियोगिता फाल्गुण १२ गतेबाट १९ गते सम्म हुने बताएका छन । ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रि टिम पनि समावेश हुने बताइएको छ ।

प्रतियोगितामा एक टिम आयोजकको हुनेछ । प्रतियोगितामा सहभागी टिमहरुको टुङगो लाग्न केहि समय लाग्ने आयोजक क्लबका सचिब योगराज सेढाइले जानकारी दिए । उनका अनुसार मौफसलका झापा, मोरङ सहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागि गराउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २२ हजार रुपैयाँ पुरस्कार पाउनेछन । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामासहभागि खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिए । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शको समेत बिमा गरिने आयोजकले जनाएको छ । केन्जो खवर

प्रकाशित मिति : 8:59 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर