पाँचथरमा फाल्गुण १२ गतेबाट पाँचथर गोल्डकप हुने



पाँचथर । पाँचथर गोल्डकपको चौंथो संस्करण हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । करिव चार बर्षपछि यो प्रतियोगिता फेरी हुन लागेको हो ।

अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिदै आएको थियो । प्रतियोगित फिदिम माबिको खेलमैदानमा हुनेछ । आयोजकले यसपटक प्रतियोगिता फाल्गुण १२ गतेबाट १९ गते सम्म हुने बताएका छन । ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रि टिम पनि समावेश हुने बताइएको छ ।

प्रतियोगितामा एक टिम आयोजकको हुनेछ । प्रतियोगितामा सहभागी टिमहरुको टुङगो लाग्न केहि समय लाग्ने आयोजक क्लबका सचिब योगराज सेढाइले जानकारी दिए । उनका अनुसार मौफसलका झापा, मोरङ सहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागि गराउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २२ हजार रुपैयाँ पुरस्कार पाउनेछन । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामासहभागि खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिए । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शको समेत बिमा गरिने आयोजकले जनाएको छ । केन्जो खवर

प्रकाशित मिति : 8:59 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो