चार दिनदेखि स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार?



रेडियो काबेली

ताप्लेजुङ । चार दिनदेखि स्थिर रहेका सुनको मूल्य बिहीबार (आज) घटेको छ। बिहीबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतिलोला १ लाख १८ हजार ४०० र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : 7:28 am

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका