ताप्लेजुङको मिक्वाखोलामा एम्बुलेन्स सेवा सुरु,बिरामीलाई राहत




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पनि एम्बुलेन्स सेवा सुरु भएको छ । गाउँपालिकाको पहल तथा सानिमा मध्य तमोर जलबिद्युत परियोजना र मध्य मेवा जलबिद्युत परियोजनाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरेर ल्याए सँगै एम्बुलेन्स सेवा सुरु भएको हो । दुबै जलबिधुत परियोजनाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत करिब ४८ लाख रुपैँया लागतको दुई थान एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेसँगै एम्बुलेन्स सेवा सुरु भएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिए ।


अध्यक्ष कार्कीका अनुसार एउटा एम्बुलेन्स वडा नं ४ साँवा र वडा नं. ५ पापुङका सेवाग्राहीलाई सेवा पुग्ने गरी पालिकाको केन्द्र साँवा स्थित थलङ स्वास्थ्य चौकी र अर्को एम्बुलेन्स वडा नं १ र २ खोक्लिङ तथा वडा नं ३ लिवाङका सेवाग्राहीलाई सेवा पुग्नेगरी खोक्लिङ स्वास्थ्य चौकीमा रहने छन् । एम्बुलेन्स यिनै स्वास्थ्य संस्थामार्फत सञ्चालन हुने पालिकाले जनाएको छ ।
अब छिट्टै कार्यविधि बनाएर सोही कार्यविधि अनुसार सेवाग्राहीलाई सहुलियत प्रदान हुने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिने अध्यक्ष कार्कीको भनाई छ ।


प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले एम्बुलेन्सको भाडा निर्धारण गर्छ । पालिकाहरुले बिभिन्न सहुलियत समेत दिएर एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेका छन् । एम्बुलेन्स हस्तान्तरण गरेकोमा पालिकाले सानिमा मध्य तमोर जलविद्युत परियोजनाका प्रोजेक्ट मेनेजर डा. मणि राज पोख्रेल र करण गौतम साथै मध्य मेवा जलविद्युत परियोजनाका सुनिल कुमार रेग्मी र दिपेन रेग्मीलाई सम्मान गरेको छ । एम्बुलेन्स सेवा सुरु भएसँगै गाउँपालिकाका बिरामीहरुलाई भने राहत पुग्ने पालिकाले जनाएको छ ।


यसअघि जिल्लाका फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका लगायतका स्थानीय तहहरूले पनि एम्बुलेन्स खरिद गरी गाउँगाउँबाट सेवा सुरु गरेका छन् ।

प्रकाशित मिति : 11:10 am

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार