ताप्लेजुङको मिक्वाखोलामा एम्बुलेन्स सेवा सुरु,बिरामीलाई राहत




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पनि एम्बुलेन्स सेवा सुरु भएको छ । गाउँपालिकाको पहल तथा सानिमा मध्य तमोर जलबिद्युत परियोजना र मध्य मेवा जलबिद्युत परियोजनाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरेर ल्याए सँगै एम्बुलेन्स सेवा सुरु भएको हो । दुबै जलबिधुत परियोजनाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत करिब ४८ लाख रुपैँया लागतको दुई थान एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेसँगै एम्बुलेन्स सेवा सुरु भएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिए ।


अध्यक्ष कार्कीका अनुसार एउटा एम्बुलेन्स वडा नं ४ साँवा र वडा नं. ५ पापुङका सेवाग्राहीलाई सेवा पुग्ने गरी पालिकाको केन्द्र साँवा स्थित थलङ स्वास्थ्य चौकी र अर्को एम्बुलेन्स वडा नं १ र २ खोक्लिङ तथा वडा नं ३ लिवाङका सेवाग्राहीलाई सेवा पुग्नेगरी खोक्लिङ स्वास्थ्य चौकीमा रहने छन् । एम्बुलेन्स यिनै स्वास्थ्य संस्थामार्फत सञ्चालन हुने पालिकाले जनाएको छ ।
अब छिट्टै कार्यविधि बनाएर सोही कार्यविधि अनुसार सेवाग्राहीलाई सहुलियत प्रदान हुने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिने अध्यक्ष कार्कीको भनाई छ ।


प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले एम्बुलेन्सको भाडा निर्धारण गर्छ । पालिकाहरुले बिभिन्न सहुलियत समेत दिएर एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेका छन् । एम्बुलेन्स हस्तान्तरण गरेकोमा पालिकाले सानिमा मध्य तमोर जलविद्युत परियोजनाका प्रोजेक्ट मेनेजर डा. मणि राज पोख्रेल र करण गौतम साथै मध्य मेवा जलविद्युत परियोजनाका सुनिल कुमार रेग्मी र दिपेन रेग्मीलाई सम्मान गरेको छ । एम्बुलेन्स सेवा सुरु भएसँगै गाउँपालिकाका बिरामीहरुलाई भने राहत पुग्ने पालिकाले जनाएको छ ।


यसअघि जिल्लाका फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका लगायतका स्थानीय तहहरूले पनि एम्बुलेन्स खरिद गरी गाउँगाउँबाट सेवा सुरु गरेका छन् ।

प्रकाशित मिति : 11:10 am

ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल

नेपाल नेत्रज्योती संघ ताप्लेजुङद्धारा अक्षयकोषदातालाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । नेपाल नेत्र ज्योती संघ ताप्लेजुङले अक्षयकोष दातालाई

जेनजी संगठन ताप्लेजुङको संयोजकमा गोपाल गुरागाईँ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जेनजी संगठन गठन भएको छ ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र