खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली बनाएर बेच्ने ९ जना पक्राउ



रेडियो काबेली
ताप्लेजुङ । नक्कली जाँड–रक्सी बनाएर बेच्ने ९ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट पक्राउ गरेको हो ।

मनोहराका भरत थापाको २ तले घर भाडामा लिएर नक्कली जाँड–रक्सी बनाउने गरेको फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नक्कली जाँड–रक्सी बनाएर बेच्ने गरेको आरोपमा रामेछापका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री , सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, र १८ वर्षका युवक, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, ४० वर्षीय लेकविक्रम थापा वर्ष २८ का मनोज खत्री र काठमाण्डौका ३६ वर्षीय सुमन नगरकोटी पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता मिलन केसीले जानकारी दिए।

स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली जाँड–रक्सी उत्पादन गरी कालोबजारी भइरहेको सूचनाका आधारमा खोजी गरिएको र विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरसहित अरू सामग्री बरामद भएको कार्यालयका प्रवक्ता केसीको भनाई छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १०:०१

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ

हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा

ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

ताप्लेजुङ । ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएका छन्