ग्यास सिलिन्डर विस्फोट हुँदा एक गम्भीर घाइते



बिर्तामोड । बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्।

स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो ।

घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उहाँको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:38 am

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार

कांग्रेस ताप्लेजुङको (क) नेतृत्व चयनमा निर्वाचन हुँदैै

ताप्लेजुङ, असोज १४ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय

देशभरका कर्मचारी मिलन केन्द्रमा पाथीभराको टीका प्रसाद

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा