ताप्लेजुङमा अलैँची यस वर्षकै उच्च मूल्यमा कारोबार



ताप्लेजुङ। ताप्लेजुङमा यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको छ । मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रबीर रेग्मीले मङ्गलबार भएको अलैँचीको कारोबार मूल्य यस वर्षकै उच्च भएको बताए । फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहेका रेग्मीले चलनचल्तीको अलैँची प्रतिमन ७७ हजार रुपियाँसम्ममा कारोबार भएको जानकारी दिए । उनका अनुसार केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँका दरले निरन्तर वृद्धि हुँदै आएको थियो ।

स्थानीय बजारमा प्रतिमन ७७ हजारले कारोबार भएको अलैँची झापाको विर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उनको भनाइ छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् ।

अहिलेको अलैँची मूल्य यसवर्षको मात्र नभई चार÷पाँच वर्षयताकै राम्रो हो । गतवर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम् ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्लो चार–पाँच वर्ष अवधिभित्र प्रतिमन न्युनतम् २० हजार र अधिकतम् ३५ हजार रुपियाँ सम्ममा मात्र अलैँचीको कारोबार भएको छ ।

यसवर्ष भने नयाँ अलैँची बजारमा निस्कन थाल्दा नै प्रतिमन ६० देखि ६५ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । स्थानीय व्यवसायीका अनुसार मुख्य सिजन ९मौसम० सुरु भएपछि अलैँचीको सुरुको मूल्य घटेर प्रतिमन ५३ देखि ५८ हजार रुपियाँसम्म आइपुगेको थियो । अलैँचीको सो मूल्य घटबढ हुँदै निकै लामो समयसम्म कारोबार भएको व्यवासीयले बताएका छन् । पछिल्लो केही सातायता भने बिस्तारै उकालो लागेको अलैँची मूल्य मङ्गलबार सम्ममा प्रतिमन ७७ हजार रुपियाँ पुगेको व्यवसायी कमल बरालले बताए।

हिजोआज अलैँची मूल्य निरन्तर वृद्धि भइरहे पनि धेरै अलैँची विक्री गरिसकेको किसानले बताएका छन् । त्यस्तै, यो वर्ष अलैँची उत्पादनमा पनि कमी आएको उनीहरुको भनाइ छ। ताप्लेजुङमा करिव चार हजार ५०० हेक्टर क्षेक्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार ५०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्क छ ।
गोरखापत्र

प्रकाशित मिति : 11:29 am

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास