नेपालमा ठूलो व्यवसाय गर्न जरुरी छ : पूर्व मन्त्री तिलकुमार मेन्याङ्बो



साहारा लङवा लिम्बू

ताप्लेजुङ  । कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री मा. तिलकुमार मेन्याङ्बोले नेपालमा ठूलो व्यवसाय गर्न जरुरी रहेको बताउँनु भएको छ । ‘उच्च हिमाली क्षेत्रको सुन्दर गहना याक चौँरी’ भन्ने मूल नाराका साथ याक चौँरी कृषक महासंघ नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘अब हिजो जस्तो थोरै धान रोपेर चल्नेवाला छैन । किनकि हाम्रो खर्चको मार्ग परिवर्तन भएको छ । तर, यहाँको आय उत्पादनको सैली परिवर्तन भएको छैन । त्यसैले अब याक र चौरीलाई पनि व्यावसायिक रुपले उत्पादनमा ल्याई व्यवसायलाई परिवर्तन गर्न जरुरी छ ।’ 

संगठन निर्माण गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको उहाँले बनाउँनु भएको छ । यदि यो देशमा लोकतन्त्र नआएको भए यहाँका मानिसहरूले गिरफ्तारी मात्रै खेप्नु पर्ने धारणा राख्दै हामिले लडेर ल्याएको लोकतन्त्रको उपज पनि यही स्वातन्त्रको सुन्दर पक्ष रहेको बताउँनु भएको छ । यस्तै कुनै पनि क्षेत्र समुदाय आफ्नो अधिकार नखोजिकन अधिकार भन्दा बाहिर बस्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । 

हाम्रो देश नेपाल जस्तो मुलुक संसारमा विरलै मात्रभएको बताउँदै उहाँले भन्नु भयो, ‘तराई पहाड हिमाल मिलेर बनेको देशमा हामी नेपालीहरूको सद्भावना प्रसस्त छ । यहाँ धेरै सम्भावनाहरू रहँदा रहँदै पनि विगतका राज्य सत्ताहरुले यो हाम्रो भू बनावट र यहाँको परिस्थितिलाई ठिक ढङ्गले सञ्चालन गर्न नसकेको कारणले आज सम्म पनि हामी नेपालीहरूले दुख भोग्नु परेको अवस्था छ ।’ 

आज प्रत्येक दिन हजारौं नेपालीहरू विदेशिन बाध्य भएको बताउँदै उहाँले थप्नु भयो, ‘हामी यति उर्वर भूमिमा बसेका नेपालीहरू मरुभूमिमा काम  गर्न जान बाध्य छौं । त्यसैले हामीलाई विदेशिहरु भन्ने गर्छन् नेपालीहरू सुनको थाली बोकेर भिग माग्छन् । हो १ हामी त्यस्तै भएका छौं । हामी सुनको थाली बोकेर भिक्षा माग्छौं । तर, हामीलाई थाहा भयो, के रु हामिले बोकेको थाली त सुनको रहेछ । थाहा भयो, आब हामी लामो समय सम्म त्यो भिक्षा माग्दैनौ हामिले त्यो भिक्षा माग्ने परिस्थितिको अन्त्य गर्छौ । त्यो अभियानमा हामी अगाडि बढि सकेका छौं । त्यसका लागि हामीलाई केही समय लाग्छ ।’ 

हिमाली भेगमा वर्षौ वर्ष देखि याका चौंरी पाल्दै आएका पशु पालक कृषहरूले आफ्नो संगठन निर्माण गरेर यहाँ सम्म आएकोमा खुसी व्यक्त गर्दै ताप्लेजुङमा पनि पहिलो पटक संगठन बन्न लागेकोमा अझै हर्षित भएको बताउँदै त्यसको निम्ती कृयाशिल सशक्त सङ्गठनलाई कुशल नेतृत्व दिन सक्ने नेतृत्व चयनका लागि शुभकामना पनि व्यक्त गर्नु भएको छ । 

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १२:५७

२४ औँ सशस्त्र प्रहरी दिवसमा ताप्लेजुङमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । “२४ औँ सशस्त्र प्रहरी दिवस २०८१” को

“चोरी” मानसिकअसन्तुलनको प्रतिफल

ई. वीरेन्द्र श्रेष्ठताप्लेजुङ । चोरी एउटा पुरानो र गम्भीर सामाजिक

मेरिङदेनको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि खाम्लुङलाई

ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको