‘लोसार कार्यक्रम २०८०’ मनाउँदै ताप्लेजुङ समाज नेपाल



ताप्लेजुङ । ताप्लेजुङ लोसार कार्यक्रम २०८० भव्यरूपमा मनाइने भएको छ । ताप्लेजुङका परम्परागत मौलिक संस्कृतिहरूको प्रस्तुति सहित ताप्लेजुङ समाज नेपालले फागुन ५ गते उक्त कार्यक्रम काठमाडौंमा मनाउने भएको हो । 

ताप्लेजुङका विभिन्न जातजाति विशेष भाषा, धर्म, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्त कालसम्म जोगाई राख्न  र पवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम मनाउन लागिएको समाजका वरिष्ठ उपाध्यक्ष रमेश बरालले जानकारी दिनु भएको छ । 

बरालको संयोजकत्वमा ३०१ सदस्य रहेको मूल आयोजक समितिको गठन समेत गरिएको समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेले बताउनु भयो । तुम्बाहाम्फेका अनुसार समाजले स्थापनाकालदेखि तै ताप्लेजुङ जिल्ला बासिहरुका सुख दुख र आपत विपतका अवस्थाहरूमा सहयोग पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : 11:58 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन