कोशीमा १२ हजार ९३९ जना अपराधी फरार, ताप्लेजुङमा कति ?



चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले ४, सङ्खुवासभाले ५, उदयपुरले ८३, खोटाङले १३, ओखलढुङ्गाले ३ र सोलुखुम्बुले १५ जना पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा प्रदेशमा ६५६ जना फरार अपराधी पक्राउ गर्दा ४ सय ९ वर्ष ८ दिन कैद सजाय भुक्तान गराएको छ भने ७१ करोड ९३ लाख ७ हजार ५४१ रुपैयाँ जरिमाना असुल गरेको छ । तर, कोशी प्रदेशमा अझै १२ हजार ९३९ जना अपराधी भने फरार छन् । फरार हुने हरूमा सबैभन्दा बढी मोरङमा छन् । मोरङमा ३ हजार ८५७, सुनसरी ३ हजार ५१०, झापामा २ हजार ७३३, इलाम ३८८, पाँचथर १९६, ताप्लेजुङ ३३१, धनकुटा २१४, तेह्रथुम १४४, सङ्खुवासभा १४६, भोजपुर १६८, उदयपुर ७१३, खोटाङ २११, ओखलढुङ्गा १३१ र सोलुखुम्बुमा १८९ जना फरार प्रतिवादी रहेका छन् ।

उनीहरुले विभिन्न अपराध गरेर फरार रहेका र अदालतबाट दोषी प्रमाणित भएकाहरू हुन् । उनीहरूको खोजी कार्य तीव्र बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान प्रदेशमा सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार अपराधी पक्राउ अभियान सुरु गरिएको हो,’ उनले भने ।

अभियानका माध्यमबाट अपराध गरेर जति दिन लुकीछिपी बसे पनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट्न सक्दैनन् भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ,’ डिआइजी बास्तोलाले भने ।

प्रदेशको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानुनप्रतिको आड भरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ,’ डिआइजी बास्तोलाले भने ।

यस्तै दुई वर्ष ५ महिनामा कोशी प्रदेशको १४ जिल्लाबाट प्रहरीले ३ हजार ७ सय ६० जना फरार प्रतिवादी पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ७३८ जना पक्राउ परेका छन् । यसै गरी आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ४ सय ६६ जना पक्राउ परेका छन् भने चालू आर्थिक वर्ष २०८०–०८१ को मङ्सिर सम्म ६५६ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ०५:५४

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित