व्यवसायी भद्रबिर रेग्मी रिहा नभए शनिबारबाट चरणबद्ध आन्दोलन गर्ने उद्योग बाणिज्य सङ्घको घोषणा



रेडियो काबेली

ताप्लेजुङ । उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग तथा व्यवसायी महासंघ ताप्लेजुङले पक्राउ परेका व्यवसायी भद्रबिर रेग्मी रिहा नभए शनिबारबाट चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । दुवै संस्थाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवादको विषयमा रेग्मीलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै शनिबारबाट बजार पसल बन्द सहित यातायात बन्द समेतको घोषणा गरेका हुन् ।

उनीहरूले सामान्य घटनामा पक्राउ गरी हिरासतमा राख्ने, मुद्दालाई सम्बन्धित निकायमा पेश गर्न आलटाल गर्ने गतिविधिका पछाडि ठूलो रहस्य रहेको भन्दै रेग्मी माथि लागेको मुद्दा फिर्ता लिई रिहा गर्न शुक्रबार ( आज )सम्मको समयावधि दिएका छन् । सो अवधि सम्ममा रेग्मीको रिहाई नभए शनिबारबाट अनिश्चितकालीन बजार पसल र यातायात बन्दको आह्वान गरिएको दुबै संस्थाले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य समेत रहेका रेग्मी अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत हुन् । फुङलिङ नगरपालिका वडा नं ५ बिरेन्द्र चोकका धन प्रसाद ओझामाथि पौष १२ गते रेग्मीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी पुगेपछि प्रहरीले पौष १५ गते रेग्मीलाई पक्राउ गरि अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुमार लुङ्गेलीले जानकारी दिए । सूचना अधिकारी लुङ्गेलीका अनुसार उक्त घटना अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएर अनुसन्धानको क्रममा रहेको छ ।

दुबै संस्थाले धन प्रसाद ओझाले आगनमा निस्केर गाली गलौज गरेको व्यवसायी रेग्मीको श्रीमतीहरूमाथि जाइलागी आक्रमण गरेको र प्रतिरक्षाका लागि जाँदा सामान्य घटना भएको र समाजमा घट्ने सामान्य घटनालाई आपसी सहमतिमा टुङ्ग्याउने प्रयत्न हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहेको सिसिटिभी फुटेज सार्वजनिक गराएर सहमतिको वातावरण बिगार्ने प्रयास भएको आरोप लगाइएको छ ।

घटनालाई उत्तेजित बनाउन सिसिटिभी फुटेज सम्पादन गरी बाहिर ल्याएको आरोप समेत विज्ञप्तिमार्फत लगाइएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष गोविन्दराज बराल र सचिव राजेन्द्र भारतीद्वारा जारी विज्ञप्तिमा पनि ताप्लेजुङ उद्योग वाणिज्य संघले भने जस्तै कुरा उल्लेख गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले यस विषयमा छलफल गरेर समस्याको समाधान गर्ने प्रयास भई रहेको बताए ।

दुबै संस्थाको विज्ञप्ती हेर्नुस :

प्रकाशित मिति : 11:57 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित