सानो झुण्डले बिरोध गरेर पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोकिँदैन : नगर प्रमुख मादेन




रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले सानो झुण्डले बिरोध गरेर पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य नरोकिने बताएका छन् । बुधबार ताप्लेजुङ विकास मञ्चले आयोजना गरेको नेपाल नेत्रज्योति संघको भवन स्तरोन्नति तथा प्रवलीकरणको कामको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख मादेनले सो कुरा बताएका हुन् । केबलकार बन्नु हुँदैन भन्ने मान्छेहरुको ईन्टरभिउ (अन्तर्वार्ता) लिएर सार्वजनिक गर्नु पत्रकारहरुको नैतिकताले नदिने नगर प्रमुख मादेनको भनाई रहेको थियो ।


उनले भने,“अब यहाँ केबलकार बन्दैन । यहाँ लिम्बुहरु तातिए । मुकुम्लुङवालाहरु तातिए । तातिएर हुन्छ ? दुईजना तातिएर हुन्छ ? यहाँ ९० प्रतिशत मान्छेहरु केबलकार बनाउने पक्षमा १० प्रतिशतले तातिएर हुन्छ ?” साथै उनले पत्रकारहरुलाई ईङ्गित गर्दै भने,“ बनाउनु पर्छ भनेर तपाईँहरु बोल्न सक्नु हुन्न ?यो कस्को लागि हो ? हामीले केबलकार बनाउँदै गर्दा हामीलाई कति फाईदा छ कति बेफाईदा छ भन्ने कुरा पटि फर्केर हेर्नुपर्छ । २६ लाखमा जग्गा खरिद गरेर २६ करोडमा बेच्यो भनेर त्यता कोट्याएर हुन्छ ? हरेकका साथीहरु हुन्छन् । त्यस्ले गर्दा आज खुल्ला मैदानमा अख्तियारमा हाल्या छ । तिन नम्बर वडा बन्न सकेको छैन् । अख्तियारमा हाल्या छ । उता बाटो बनायो त्यतै मुद्धा हाल्या छ । अनि त्यहि मान्छेको पछाडी लाग्या छ । जहिल्यै बाटो नबनाई बस्ने ? फोहोरै फोहोर पारेर बस्ने ? सबै टहरो र टुङ्सीले अतिक्रमण गरेर राख्ने बाटोहरु ? मिडियाहरुलाई यो कुरा भन्न चाहान्छु । ताप्लेजुङको मिडियाले राम्रोपक्षलाई लेखेर विश्व थर्काउनु प¥यो ।”


नगर प्रमुख मादने भने “हामी सकरात्मक पक्षमा हिँड्नु पर्छ । नकरात्मक बाटो हामीले रोज्नु हुँदैन । त्यस्ता मान्छे प्रेस मिट गर्छु भन्यो भनेपनि त्यो कुरामा तपाईँहरु जानु हुँदैन । तपाईँहरु गलत ढङ्गले अगाडी बढि रहनु भएको छ । राम्रो पक्षको लेख्नु हुन्न । जस्ले नराम्रो आवाज उठाएको छ जस्ले एउटा अवरोध र विभिन्न पर्खालहरु खडा गरेको छ । आज तपाईँहरु त्यस्तो कुरामा चर्चा र परिचर्चाको एउटा पात्र बन्नु भएको छ । म आग्रह गर्छु मेरो कार्यकाल भरि त्यो कार्य नर्गनुहोस् । म कति गर्छु कति गर्दिन त्यो पछि लेख्नुस अहिले नै लेख्नु पर्छ भन्ने होईन तर सहि बाटो लिनु होस् । यो हाम्रो भविष्य हो । हाम्रो भावि सन्ततीको भविष्यको निम्ती हो ।”


उनले थपे,“ हामीले राम्रो कुरालाई फ्लो अप गरौँ । म आग्रह गर्न चाहान्छु । फुङलिङ नगपालिकाको मेयर ताप्लेजुङको लागि जहिल्यै पनि पोजिटिभ छ । मैले कुनैपनि सहयोग गर्ने कुरामा हुँदैन भनेको छैन । मैले जाति पनि छुट्टाएको छैन, मैले पार्टी पनि छुट्टाएको छैन र साथी पनि छुट्टाएको छैन । याद गर्नु होला । त्यस्ले गर्दा हामीले एउटा ऐतिहासिक काम गरेर जानु पर्छ भन्ने कुरा हो । आजिवन जिवन कसैको पनि हुँदैन ।” नगर प्रमुख मादेनले पत्रकारले आफुलाई सहयोग नगरेको गुनासो गर्दै ताप्लेजुङ विकास मञ्चले गरेको कामको प्रशंसा गरे । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा विवाद भई रहेको छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १४:५६

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित