तमोर नदीमा खस्दा एक युवकको मृत्यु



रेडियो काबेली
ताप्लेजुङ । तमोर नदीमा खस्दा एक युवकको मृत्यु भएको छ । ताप्लेजुङमा निमार्णाधिन मध्य तमोर जल विद्युत आयोजनाको विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा सोमबार (आज) भारत पश्चिम बंगालको माल्टा टाउन बस्ने अन्दाजी २२ बर्षिय मुकेश शाहीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार मध्य तमोर जल विद्युत आयोजनाको हान्द्रुङ स्थित विद्युत पावर हाउस नजिक तमोर नदी वारपार तारबार ब्यवस्थापन गर्ने क्रममा पारी रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो । उनलाई नदीले करिब तीनसय मिटर बगाएको बताइएको छ ।

प्रकाशित मिति : 2:13 pm

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकप : साथीभाइ र पाँचथर फाइनलमा प्रवेश 

ताप्लेजुङ, माघ १२ गते । साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल