पुषे मेला स्वर्ण महोत्सवः भलिबलको फाईनलमा आज ताप्लेजुङ र दमक खेल्दै



रेडियो काबेली
ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सवमा जारी अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा आज मुकेश मेमोरियल क्लब ताप्लेजुङ र पाथीभरा टाइगर भलिबल क्लब दमक बिच प्रतिष्पर्धा हुँदैछ । दुई टिम बिचको फाईनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।


ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको हो । पाथीभरा टाइगर क्लब दमकले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ ले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो ।


बुधबार नै भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको हो । मुकेश मेमोरियल क्लब ताप्लेजुङले संखुवासभालाई २५–२१,२५–१९,२६–२४ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापासँगको भेट पक्का गरेको हो ।


प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : 3:32 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो