प्रथम किराँत गोल्डकप : ताप्लेजुङको कर्ण सिं सोनामले पाखा लगायो ए डिभिजन क्लब हिमालयन शेर्पालाई



पाँचथर ।  जारी प्रथम किराँत गोल्डकपमा ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लबले सेमिफाइनलमा प्रवेश गरेको छ ।  फिदिम माविको मैदानमा आज भएको ए डिभिजन क्लब हिमालयन शेर्पालाई पराजित गर्दे ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । 

यो सँगै गोल्डकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।  ताप्लेजुङले हिमालयन शेर्पालाई ४-३ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको ३ मिनेटमै ताप्लेजुङका मन्जित येङ्देनले गोल गरेर सुरुवाती अग्रता बनाएका थिए । तर, शेर्पाका लागि विदेशी खेलाडी ओस्कारले २१औँ मिनेटमा गोल गरेर बराबरी गरे । प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङका प्रविण जबेगुले खेलको ४०औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । फेरि शेर्पाका रक्षक बसन्त ओझाले ५१औँ मिनेटमा गोल गर्दै बराबरी गरे ।

२-२ गोलको बराबरी खेलमा ताप्लेजुङका दिपेश लिम्बूले आकर्षक गोल गरेर ३-२ को स्थितिमा पुर्याए । तर, ताप्लेजुङकै आशिष लिम्बूले ६९औँ मिनेटमा आत्मघाती गोलको उपहार शेर्पालाई दिएपछि ३-३ गोलको फेरि बराबरी बनेको थियो । अन्ततः ताप्लेजुङको जितका लागि प्रविण जबेगुको गोल  खेलको ७७औँ मिनेटमा कर्ण सिं  सोनाम स्मृति क्लबका प्रविण जबेगु फेरी गोल गर्न सफल भए यो नै कर्ण सिं  सोनाम स्मृति क्लबको लागि निर्णायक जित बन्यो ।

कर्ण सिं सोनाम स्मृति क्लबका गोलरक्षक आकाश लिम्बू म्यान अफ दी म्याच बने । यो जितसँगै ताप्लेजुङले अब झापाको बिर्तामोड युनाइटेडसँग अन्तिम सेमिफाइनल खेल खेल्ने पक्का भएको छ ।

भोलि पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीको सामना गर्ने भएको छ । गोल्डकप विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ सहित ट्रफी पाउने छ । 

खेलको फाइनल २३ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १३:२४

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित