थर्पु आँखा शिविर मार्फत ३२ जनाको शल्यक्रिया



ताप्लेजुङ । नेपाल नेत्र ज्‍योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङ र याङ्वरक गाउँपालिका थर्पुद्वारा पाँचथरको थर्पुमा सञ्चालित आँखा शिविरमा ३२ जनाको शल्यक्रिया भएको छ । विहीबार र शुक्रबार सञ्चालित शिविरबाट ३ सय ९७ जनाले लाभ लिएका हुन् । 

डिचेन डोङ्गला आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार २ सय २८ जनालाई चस्मा वितरण गरिएको थियो । १७ र १८ गते पाँचथरको याशोकमा पनि शिविर सञ्चालन हुनेछ । 

यसअघि मंसिर १० देखि १२ गते सम्म ताप्लेजुङ सदरमुकाम फुङलिङमा  सञ्चालित शिविरमा १ सय ३१ जनाको शल्यक्रिया भएको थियो । मोति विन्दुका लागि शिविरमा निशुल्क शल्यक्रिया गरिएको हो । 

पछिल्लो समय नेपाल नेत्रज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्रले सक्रियका साथ यस्ता कार्यहरू गर्दै आइरहेको छ । 

प्रकाशित मिति : 1:13 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा