थर्पु आँखा शिविर मार्फत ३२ जनाको शल्यक्रिया



ताप्लेजुङ । नेपाल नेत्र ज्‍योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङ र याङ्वरक गाउँपालिका थर्पुद्वारा पाँचथरको थर्पुमा सञ्चालित आँखा शिविरमा ३२ जनाको शल्यक्रिया भएको छ । विहीबार र शुक्रबार सञ्चालित शिविरबाट ३ सय ९७ जनाले लाभ लिएका हुन् । 

डिचेन डोङ्गला आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार २ सय २८ जनालाई चस्मा वितरण गरिएको थियो । १७ र १८ गते पाँचथरको याशोकमा पनि शिविर सञ्चालन हुनेछ । 

यसअघि मंसिर १० देखि १२ गते सम्म ताप्लेजुङ सदरमुकाम फुङलिङमा  सञ्चालित शिविरमा १ सय ३१ जनाको शल्यक्रिया भएको थियो । मोति विन्दुका लागि शिविरमा निशुल्क शल्यक्रिया गरिएको हो । 

पछिल्लो समय नेपाल नेत्रज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्रले सक्रियका साथ यस्ता कार्यहरू गर्दै आइरहेको छ । 

प्रकाशित मिति : 1:13 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई