पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नु याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थलको अतिक्रमण हो : संघर्ष समिती



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको समुहले आफ्नो अडान दोहो¥याएको छ । विभिन्न छ वटा संस्थाले शनिबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै केबलकार निर्माण याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थलको अतिक्रमण मात्रै नभई व्यापारिक केन्द्र बनाउने माध्यमको रुपमा ठहर गरेको छ ।

केवलकार निमार्ण खारेजी समिति, मुकुम्लुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएका हुन् ।


पत्रकार सम्मेलन कार्यक्रममा केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्वु लिम्बूले जबरजस्ती निर्माण गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिए । एक÷दुई जना जनप्रतिनिधिले सिंगो समुदायको प्रतिनिधित्व गरेको नठहरिने भएकाले स्थानीयवासी संघर्षरत रहेको बुझ्न निर्माण कम्पनी र सरोकारवालालाई उनीहरुले स्मरण गराएका छन् ।


मुक्कुमलुङको अस्तित्वलाई स्वीकारेर पाथीभरा क्षेत्र विकास समितिको सट्टा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ । विकासको बिरुद्धमा आफ्नो संघर्ष नभएको दावी गर्दै उनीहरुले ताप्लेजुङको विकास निर्माण,रोजगारीका अवसर सिर्जना गर्न आफुहरु प्रतिवद्ध रहेको जनाएका छन् ।

पुष ६ गते केबलकार निर्माणको विषयमा निर्माण कम्पनीका अध्यक्ष चन्द्र ढकालको उपस्थितीमा भएको सर्वपक्षिय छलफलमा पनि केहि पक्षले केबलकार बन्नु पर्ने अडान राख्दा यो समुहले भने निर्माण गर्न नहुने अडान राखेको थियो ।


केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको समुहद्धारा संयुुक्त रुपमा जारी विज्ञप्ती हेर्नुस :

प्रकाशित मिति : 2:20 pm

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला