थुलुङ दुधकोशी गाउँपालिकामा सिलाम साक्मा बुनाइ तालिम सुरु



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सात दिने फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तालिममा पालिका भित्रका ४० जनाको सहभागीता रहेको छ ।

तालिमको गाउँपालिका उपाध्यक्ष सविता राईले शनिबार उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष सविता राईले तालिममा सिकेको सीपलाई व्यवसायीक रुपमा प्रयोग गरि आय आर्जनमा जुट्न आग्रह गर्नुभयो । स्थानीय उत्पादनलाई जोड दिने गाउँपालिकाको नीति अनुसार भौतिक पुर्वधार निर्माणसँगै सामाजिक विकासका कार्यक्रमलाई पनि उत्तिकै महत्त्वका साथ सञ्चालन गरिरहेको भन्दै बढी भन्दा बढी लाभ लिनको लागि उहाँले आग्रह गर्नुभयो ।

यस्तै गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सीपले हरेक व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग गर्ने भन्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गरि आय आर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो । गाउँपालिका केन्द्रमा सञ्चालित उक्त तालिमको सहजीकरण अरुणादेवी राई, कल्पना राई र गृष्मा राईले गरिरहनुभएको छ ।

प्रकाशित मिति : 2:01 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०